सुन तस्करी प्रकरणमा पालैपालो पक्राउ पर्न थालेपछि कर्मचारी नै आन्दोलित

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा प्रहरीको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै भन्सार कर्मचारी विरोधमा उत्रिएका छन्।

काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै १३७ कर्मचारीले सामूहिक सरुवा मागेका थिए । उक्त माग पूरा नभएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् ।

उनीहरुले आन्दोलनस्वरुप आइतबार ३ घण्टा पेन डाउन गरेका छन् । सुन प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले शुक्रबार विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी प्रक्राउ गरेपछि अरु कर्मचारी विरोधमा उत्रिएका हुन्। सुन तस्करी प्रकरणमा विमानस्थल भन्सारका ४ कर्मचारी यसअघि नै पक्राउ परेका थिए।

कर्मचारीले संयुक्त रुपमा २५ र २६ भदौ कार्गो जाँचपास शाखामार्फत हुने निकासी तथा पैठारीको काम बन्द गर्ने कार्यक्रम पनि सार्वजनिक गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here