नेप्सेमा उच्च अंकको सुधार, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा उच्च अंकको सुधार आएको छ ।

गत साता ५८ अंकले घटेको नेप्से यस साताको पहिलो दिन १० अंक र दोस्रो दिन ४४ अंकले बढेको हो । आज शेयर बजार मापक सूचक (नेप्से) ४४.३० अंकले बढेर १९८६.९९ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २७८ कम्पनीको १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.६५ प्रतिशतले बढेको छ ।

आज साल्ट ट्रेडिङको सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

उच्च अंकले बढेको बजारमा आज ४ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । थ्रीस्टार हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर, मोलुङ हाइड्रोपावर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका शेयर धनीले १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here