नेम्वाङलाई श्रद्धाञ्जली दिन पुगेकी पूर्वराष्ट्रपति भण्डारी भावविव्हल

काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले पार्टी कार्यालय च्यासल पुगेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भावविव्हल बनेकी छन् ।

एमाले पार्टी कार्यालय च्यासलमा उनले आफ्नो आँशु थाम्न सकिनन् । पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुसँग बसिरहेकी उनले बारम्बार आँशु पुछिन् । पूर्वराष्ट्रपति भण्डारी सम्हालिन गाह्रो भएपछि पार्टी कार्यालयमा एमाले अध्यक्षको कार्यकक्षमा आराम गर्न पठाइएको थियो ।

नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डासमेत ओढाएकी छन् । च्यासलमा विभिन्न दलका नेता-कार्यकर्ताहरूको भीड लागेको छ । सभामुख देवराज घिमिरे, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायत पनि पुगेका छन् । सबै स्तब्ध र मलिन अनुहारमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here