एप्पलले आइफोनमा आफ्नो स्वामित्वको लाइटनिङ चार्जिङ पोर्ट नराख्ने

काठमाडौं । एप्पलले आफ्नो नयाँ आइफोनमा आफ्नो स्वामित्वको लाइटनिङ चार्जिङ पोर्ट नराख्ने पुष्टि गरेको छ ।

टेक जायन्टले मंगलबार आफ्नो वार्षिक इभेन्टमा अनावरण गरिएको आईफोन १५ मा यूएसबी-सी केबललाई विश्वव्यापी रूपमा स्वीकृत मानकूको रूपमा प्रयोग गर्ने बताएको छ।

युरोपियन युनियनले सन् २०२१ बाटै आइफोनलाई यूएसबी-सी पोर्टका लागि दबाब दिँदै आएको थियो । अन्ततः आइफोनले युरोपियन युनियनको भनाइ मानेको हो । विश्वस्तरमा यूएसबी-सी केबल चार्जर खुबै मन पराइएको छ ।

एप्पल वाच सिरिजको नयाँ सिरिज पनि अनावरण गरिएको थियो जसमा अत्याधुनिक चिप पनि राखिएको थियो ।

तर एक विश्लेषकका अनुसार यो वर्ष एप्पलबाट हेडलाइन खिच्नेु अपडेटको अभावले केहीलाई निराश बनाउनेछ ।यसले नयाँ वाच र आईफोनको ब्याट्री र अन्य पार्ट्समा प्रयोग हुने रिसाइकल सामग्रीको मात्रा पनि बढाउनेछ ।

कम्पनीले अब आफ्नो कुनै पनि एसेसोरिजमा छालाको प्रयोग नगर्ने र सन् २०३० सम्ममा व्यवसायको रुपमा कार्बन न्युट्रल बन्ने प्रतिबद्धता जनाएको छ । एप्पलका प्रमुख टिम कुकले नयाँ आइफोन १५ रेन्जमा हामीले बनाएका सबै भन्दा राम्रो र सक्षम आइफोनहरु समावेश गरिएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here