शेयर बजारमा उच्च अंकको सुधार, परिसूचक २००० माथि उक्लियो

काठमाडौं । शेयर बजारमा उच्च अंकको सुधार आएको छ । साताको कारोबारको अन्तिम दिन बजार मापक सूचक (नेप्से) ३९.४८ अंकले बढेर २००७.६ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २७५ कम्पनीको १ अर्ब ४९ करोड ५५ लाख २१ हजार ९०५ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.६२ प्रतिशतले बढेको छ ।

आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ७ करोड ९३ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here