सिटिजन लाइफको आइपीओ बाँडफाँड, १ लाख ७७ हजार आवेदन अयोग्य

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक साधरण शेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले दिउँसो आइपीओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार कुल १५ लाख ८४ हजार ५ सय ९७ जनाको आवेदन परेपनि १४ लाख ७ हजार २ सय ३७ जना मात्र शेयर पाउनको लागि योग्य भएका छन्।

गोलाप्रथाबाट ९ लाख जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् भने आवेदन दिएका मध्ये १ लाख ७७ हजार ३ सय ६० जना आवेदन अयोग्य भएका छन् ।

कम्पनीले सर्वसाधारणका लागि भदौ १५ देखि १९ गतेसम्म प्रतिकित्ता २४४ रुपैयाँ (अङ्कित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँँ थपेर) दरले ९० लाख कित्ता शेयर बिक्रीमा ल्याएको थियो ।

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् । यसैगरी, बिक्री एनआइएमबी एस क्यापिटलको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here