पञ्चकन्या ग्रुप ४७ औं वर्षमा प्रवेश

काठमाडौं, १६ भदौ । पञ्चकन्या ग्रुपले आफ्नो स्थापनाको ४७ औं वर्षमा प्रवेश गरेको छ ।

सो कार्यव्रmममा वर्षभरीमा बढी बिक्री गर्न सफल स्टील, प्लाष्टिक र प्रोफाईल, एस.एस. वाटर ट्याङ्क, एल.जि.एस., रेडिमिक्स कंक्रिट, बिटुमिन तथा हेभिइक्विपमेन्टका डिलरहरुलाई पुरस्कार, प्रशंसा–पत्र तथा उपहारबाट सम्मानित गरिएको थियो ।

त्यसैगरी राम्रो कार्य गर्ने कर्मचारीहरुलाई प्रसंशा–पत्र, पुरस्कार र प्रमाण–पत्रबाट सम्मानित गरिएको कम्पनीले बताएको छ ।

उक्त कार्यव्रmममा ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठले पञ्चकन्याको विगत र हालसम्मको औद्योगिक यात्रा तथा बजारमा निरन्तर गुणस्तरीय उत्पादन ल्याउन सक्षम रहेको बारे आफ्नो अनुभव बताए भयो भने अन्य संचालकहरुले आफ्नो संलग्नता र ग्रुपको उद्देश्य, दर्शन, भावी कार्य योजना, मूल्य मान्यता र हासिल गरेका उपलब्धीहरु बारे मन्तव्य व्यक्त गरेका थिए ।

साथै इम्प्लोइ अफ द इयर विशाल सुराना, मोष्ट प्रोमिसिङ तर्फ विलियम श्रेष्ठ हुन सफल भए भने क्रमशः स्टिल तर्फ प्रथम न्यू बज्रयोगिनी टे«डर्स, काठमाण्डौ, दोस्रो तर्फ वेवी इन्टरप्राइजेज, जनकपुर तथा तेश्रो हुन सफल जय माई दि आइरन, जनकपुर वर्षभरीमा बढी बिक्री गर्न सफल डिलर अफ द इयर भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here