माेरङका १६ बर्षिय समिर बने ‘वाइवाइ ग्लोकल टिन हिरो २०१९’

काठमाडौं, १६ भदाै । ‘वाइवाइ ग्लोकल टिन हिरो २०१९’को उपाधी १६ बर्षिय समिर फुयालले जितेका छन् ।

विश्वभरका १३ हजार भन्दा बढी विद्यार्थीलाई अनलाईन मार्फत पढाई रहेका फुयालले अन्तिम ६ प्रतिस्पर्धी जनकपुरका विधी मण्डल, पोखराका विक्रम पराजुली, रुपन्देहीका लोक पन्थी, मकवानपुरका रचिन कालाखेती र काठमाडौँका सुप्रिया महर्जन सापकोटालाई पछि पार्दै सो उपाधी जितेका हुन्।

आइतबार काठमाडाैंमा आयोजित एक समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्री योगेश भट्टराईले समिरलाई ‘वाइवाइ ग्लोकल टिन हिरो २०१९’ को उपाधी हस्तान्तरण गरेका थिए।

वाइवाइ ग्लोकल टिन हिरो बन्नका लागि १८ बर्ष मुनिका ५९८ जना किशोर किशोरीले आवेदन दिएकाे आयाेजकले बताएका छन् ।

समाज सेवा, पत्रकारिता, कम्प्युटर प्रोग्राम्मिंग, रोबोटिक्स, उद्यमी र समुदाय विकासमार्फत समाजमा सकरात्मक याेगदान दिँदै नेतृत्वदायी भूमिका खेलेका किशाेरकिशाेरीले आवेदन दिएका थिए ।

‘ग्लोकल टिन हिरोको बिगत तिन वर्षमा हामीले राम्रो सोच र क्षमता भएका सहभागीहरु पाएका थियौ । किशोर/किशोरीहरुसँग पनि विभिन्न क्षमता छ, ग्लाेकल प्रा.ली.का कार्यकारी निर्देशक आशिष ठाकुरले भने, ‘उनीहरु समाज र राष्ट्रको विकासका लागि प्रभाव पार्ने विभिन्न कार्यक्रमहरु गर्दै आएका छन, तर उनीहरुको क्षमता प्रदर्शन गर्न कुनै मञ्च नभएको कारण उनीहरुलाई मञ्च प्रदान गर्ने उदेश्यले ५ बर्ष देखी यस कार्यक्रम सन्चालन गर्दै आएको हो ।’

७ सदस्यीय निर्णायक मण्डलमा टर्किस एयरलाइन्सका जनरल म्यानेजर अब्दुल्लाह टन्कर केइसीइसिआइ, अन्नपुर्ण पाेष्टका सम्पादक अखण्ड भण्डारी, काेकाकाेला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंह, सिजी कर्प ग्लाेबलका कार्यकारी निर्देशक राहुल चाैधरी, सिदार्थ आइएनसीका अध्यक्ष अनिल चित्रकार, वैद्य अर्गनाइजेशनका प्रवन्ध निर्देशक रितु वैद्य र पञ्चकन्या ग्रुपका प्रवन्ध निर्देशक उज्जवल श्रेष्ठ रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here