युनिक नेपाल लघुवित्तको लाभांश घोषणा

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको भदौ ३० गते बसेको बैठकले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर तिर्न १ प्रतिशत नगदसहित २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here