लगातार ओरालो लाग्दै शेयर बजार, नेप्से साढे १४ अंकले घट्दा ४० करोडको कारोबार

काठमाडौं, १६ भदौ । सोमवार नेप्से परिसूचक १४.४५ अंकले घटेर १ हजार १ सय ७०.३४ अंकमा पुगेको छ ।

कारोबारमा आएका सबै समुहको सूचक घटेको कारण सिङ्गो नेप्से परिसूचक नै घटेको हो ।

सोमवार सबैभन्दा धेरै जीवन बिमा समुहको सूचक घट्यो । जीवन बिमाको सूचक १.७९ प्रतिशतले घट्यो ।

त्यस्तै, लघुवित्तको १.६७ प्रतिशत, र्निजीवन बिमाको १.५६ प्रतिशत, जलविद्युतको १.४८ प्रतिशत, अन्यको १.०८ प्रतिशत, बैकिङ्गको १.१७ प्रतिशतले घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

सोमवार १ सय ७१ कम्पनीको १३ लाख ८० हजार ६ सय ६० बित्ता शेयर किनबेच हुँदा ४० करोड ७५ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

सोमवार सबैभन्दा धेरै दिव्यश्वरी हाइड्रोपावरका शेयर धनीले कमाए । दिव्यश्वरीको शेयर मूल्य ५.४५ प्रतिशतले बढ्यो ।

त्यस्तै, साबिको लघुवित्त वित्तीय संस्थाको ४.५४ प्रतिशत, आँधीखोला लधुवित्त वित्तीय संस्थाको ३.६४ प्रतिशतले बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा गरिमा विकास लघुवित्त वित्तीय संस्थाका शेयर धनी रहेका छन् । गरिमाको शेयर मूल्य ७.९६ प्रतिशतले घट्यो ।

त्यस्तै, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको ७.४४ प्रतिशत, यूनाइटेड फाइनान्सको ६.२५ प्रतिशतले घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

सोमवार सबभन्दा धेरै कारोकार गर्ने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकले २ करोड ५६ लाख ६५ हजार रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here