दोहोरो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । साताको कारोबारको तेस्रोदिन बजार मापक सूचक (नेप्से) १६.२४ अंकले बढेर १९८५.४३ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २७२ कम्पनीको १ अर्ब १७ करोड ६६ लाख ८० हजार ७५७ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये दुईवटा बाहेक अरु सबको परिसूचक बढेको छ ।

आज रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड ६४ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

बढ्दो बजारमा आज तीन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सुभम पावर नेपाल र थ्रीस्टार हाइड्रोपावरका शेयरधनीले १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here