मेरो शेयरको स्तरोन्नति, भारित औसत गणनाको परीक्षण शुरु

काठमाडौं, ३ भदौ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले मेरो शेयर सफ्टवेयरको स्तरोन्नति गरेको छ । त्यसका लागि सो सफ्टवयेरमा नयाँ सुविधा थप गरि नयाँ प्रविधि र डिजाइनमा तयार गरिएको छ ।

मेरो शेयरको नयाँ संस्करणमा लगानीकर्तालाई आफ्नो स्वामित्वमा रहेको धितोपत्रको लागत प्रविष्ट गरी त्यसको भारित औसत गणना गर्ने व्यवस्था थप गरिएको हो ।

हाल यो सफ्टवयेर परीक्षणको क्रममा छ । सीडीएससीका अनुसार परीक्षणका लागि वास्तविक प्रयोगकर्ताको समेत आवश्यकता रहेकाले सम्पूर्ण लगानीकर्तालाई नयाँ सफ्टवेयरको प्रयोगका लागि अनुरोध गरिएको छ । साथै, सफ्टवेयर प्रयोग गरी सहयोग गर्न तथा कमीकमजोरी औंल्याउन र त्यसको स्क्रिनसट पठाउन पनि उसले आग्रह गरेको छ ।

परीक्षणको क्रममा सफ्टवेयरमार्फत गरिएको ईडीआईएस, माइ आस्बा, माइ पर्चेज सोर्स, माई बैंक रिक्वेस्ट र चेञ्ज पासवर्ड लगायतका कारोबार वास्तविक नहुने पनि कम्पनीले जानकारी दिएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here