विमानस्थल आसपास ड्रोन, चंगा र बेलुन उडाएमा कारबाही

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा जहाजलाई असर गर्ने कुनै किसिमका वस्तु उडाउन निषेध गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शुक्रबार एक सूचना जारी गरेर त्यस्त वस्तु उडाउन निषेध गरेको हो। विमानस्थलको करिब पाँच किलोमिटर भित्र र ग्राउन्डबाट हजार फिट ड्रोन, चङ्गा अथवा बेलुन उडाउँदा उडान सुरक्षामा चुनौती हुने भन्दै विमानस्थलले कडाइ गरेको हो ।

केही दिन पहिले एयर इन्डियाको जहाज काठमाडौं–दिल्ली उडानको लागि टेकअफ गर्दा ड्रोन देखिएको थियो । त्योभन्दा पहिला विमान ल्यान्ड गर्दा पनि कोटेश्वरबाट लेजर लाइटको बिम हानेको थियो ।

यस्ता गतिविधिले पाइलटलाई अलमल्ल बनाउने र जहाजसँग ठोकिएर दुर्घटना हुने सम्भावना भएको भन्दै विमानस्थलले कडाइ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here