थाहा पाइराखौं कलमकाे बारेमा केही रोचक तथ्य

काठमाडौं । हुन त व्यस्त जिवनशैलीको कारण हामी दैनिक रुपमा प्रयोग गर्दै आएको वस्तुहरुको बारेमा खासै ध्यान दिँदैनौ ।

हामी आफूले दैनिक प्रयोग गरेका सामान्य चीजहरुको बारेमा पनि अनौठा र रोचक तथ्यहरु जेडिएका हुन्छन् भन्ने कुराको बारेमा ख्याल गर्दैनौ ।

यसो सम्झिनुहोस् त, तपाईंलाइ तपाईंलाई कागजमा कुनै कुरा लेख्नु छ भने सबैभन्दा पहिले तपाईंको मनमा के आउँछ ?

पक्कै पनि केही कुरा लेख्न पर्यो भने हामी कलमलाई सम्झिन्छौं । हामीले दैनिक प्रयोग गर्ने सामान्य चीज कलमसँग पनि विभिन्न अनौठा तथ्यहरु जोडिएका हुन्छन् ।

आउनुहोस् थाहा पाइराखौं कलमसँग जोडिएका केही रोचक तथ्यहरुः

१. तपाईंलाई अचम्म लाग्ला तर, औसत रुपमा एउटा कलमले एक हजार शब्द लेख्ने गर्छ ।

२. संसारका ९५ प्रतिशत मानिसहरुले कुनै नयाँ कलम पाएसंगै सबैभन्दा पहिलो शब्द आफ्नो नाम लेख्छन् ।

३. कलमको कारण हरेक वर्ष १ सय जनाभन्दा धेरै मानिसहरुको मृत्यु हने गर्छ । धेरै मानिसहरुले कलमबाट केही कुरा लेख्दा मुखमा कलम वा बिर्को मुखमा राख्ने गर्छन् र त्यो घाँटीमा अड्किएर उनीहरुको मृत्यु हुने गर्छ ।

४. बलपेनको आविश्कार सन् १९३८ मा सबैभन्दा पहिले हंगेरियन पत्रकार लाज्जो बिरोले गरेका थिए तर यसको पेटेन्ट अधिकार भने सन् १८८८ मै जोन लाउडको नाममा रहेको थियो ।

५. कुनैपनि बलपेनको बल (गेडी) हिराभन्दा पनि बलियो र कठोर हुन्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here