पायो ग्रुपले ल्यायो ‘बदाम जुस’

काठमाडौं, १७ भदौ । पायो ग्रुपले ‘बदाम जुस’ सार्वजनिक गरेको छ । कम्पनीले पायो बदाम ड्रिङ्क नामक बदाम ड्रिङ्क बजारमा ल्याएको हो ।

पायो बदाम ड्रिङ्क शुद्ध दुध, बदाम र केसरको मिश्रण बाट तयार पारिएको कम्पनीले बतायो । यसमा रहेको प्रोटिन, भिटामिन, क्यालिसियम र सोडियम जस्ता तत्त्वहरुले स्वास्थमा लाभ हुने कम्पनीले जनाएको छ ।

भारतको एक कम्पनी संगको सहकार्यमा बनेको यस बदाम ड्रिङ्क पूर्ण रुपमा अर्गानिक भएको र आईएसओ सर्टिफाईड र एफएसएसआईले प्रमाणीकरण गरेको कम्पनीका प्रबन्धक निर्देशक सरोज महतोले जानकारी दिए ।

साँथै, उनले पायो बदाम ड्रिङ्क बजारमा उपलब्ध हुन थालिसकेको र बदाम जुसका ग्राहकले नयाँ प्रकारको स्वाद पाउने दावी गरे ।

उनले भने, ‘नेपालमै केहि गर्नुपर्छ भन्ने मान्यताले केहि युवा मिलेर यो सुरुवात गरेका छौं । हाम्रा नेपालमा बजार पाउनेमा आशाबादी छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here