शेयर बजारमा उछाल, नेप्से साढे २० अंकले बढ्दा ५१ करोडको कारोबार

काठमाडौं, १७ भदौ । विगत लामो समयदेखि ओरालो लाग्दै आएको शेयर बजारमा मंगलवार उछाल देखिएको छ ।

मंगलवार नेप्से परिसूचक २०.५७ अंकले बढेर १ हजार १ सय ९०.९० अंकमा उक्लेको छ । यो अंक कारोबार भएको अघिल्लो दिनको तुलनामा १.७६ प्रतिशत बढी हो ।

कारोबारमा आएका मध्ये अन्य र सामुहिक लगानी कोष बाहेक अन्य सबै समुहको सूचक बढ्यो ।

मंगलवार सबैभन्दा धेरै जीवन बिमा समुहको सूचक बढ्यो । जीवन बिमाको सूचक २.७७ प्रतिशतले बढ्यो ।

त्यस्तै, निजीवन बिमाको २.७५ प्रतिशत, लघुवित्तको २.२७ प्रतिशत, जलविद्युतको २.२४ प्रतिशत, उत्पादन क्षेत्रको १.९६ प्रतिशत, बैकिङ्गको १.७८ प्रतिशत, विकास बैंको १.३८ प्रतिशतले बढ्यो भने अन्य समुहको पनि राम्रो अंकले बढ्यो ।

मंगलवार १ सय ७१ कम्पनीको २१ लाख ८४ हजार २ सय ७१ कित्ता शेयर किनबेच हुँदा ५१ करोड ५ लाख ५२ हजार रुपैयाँ बरोबरको कारोबार भयो ।

मंगलवार सबैभन्दा धेरै यूनिभर्सल पावर कम्पनीका शेयर धनीले कमाए । यूनिभर्सलको शेयर मूल्य ९.४६ प्रतिशतले बढ्यो ।

त्यस्तै, सुुर्य लाइफ इन्स्योरेन्स कम्पनीको ८.३९ प्रतिशत, महिला सहायता लघुवित्त वित्तीय संस्थाको ८.०४ प्रतिशतले बढ्यो भने अन्य कम्पनीको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा सिटी एक्सप्रेस फाइनान्स कम्पनीका शेयर धनी रहेका छन् । सिटी एक्सप्रेसको शेयर मूल्य ४.८५ प्रतिशतले घट्यो ।

त्यस्तै, रिडी हाइड्रोपावरको ३.५७ प्रतिशत, घलेम्दी हाइड्रोको २.७३ प्रतिशत घट्यो भने अन्य कम्पनीको सामान्य अंकले घट्यो ।

मंगलवार सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा नेपाल बङ्गलादेश बैंक रहेको छ । बैंकले ५ करोड ७२ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here