घर बनाउने क्रममा ढिस्कोले पुरिँदा १७ वर्षीय किशोरको मृत्यु

काठमाडौं । गुल्मीमा घर बनाउने क्रममा ढिस्कोले पुर्दा १७ वर्षीय किशोरको मृत्यु भएको छ।

रेसुंगा नगरपालिका वडा नम्बर ३ भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणाधीन घर माथिबाट पहिरो खस्दा निर्माण मजदुर प्युठान गौमुखी गाउँपालिका वडा नम्बर ३ का १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी घरधनी ७९ वर्षका शेरबहादुर बेलबासे र प्युठान गौमुखी गाउँपालिका वडा नम्बर तीनका २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here