सुरक्षा माग्दै चिकित्सकहरूआन्दोलित, गृह र स्वास्थ्यमन्त्रीको राजीनामा माग

काठमाडौं । आफूहरूमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षा माग्दै चिकित्सकहरू आन्दोलित भएका छन् । डाक्टरहरू सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने माग लिएर प्रदर्शनमा निस्किएका हुन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका रेसिडेन्ट डाक्टरले आकस्मिक बाहेकका सेवा ठप्प पार्दै र्‍याली निकालेका छन्। डाक्टरहरूले कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने आवाज उठाएका छन् ।

सोमबार मात्रै चितवन र पोखरामा थप घटना भएकाले सुरक्षा ग्यारेन्टी नभएसम्म काममा नफर्किने गरी आन्दोलन गरिएको शिक्षण अस्पतालअन्तर्गतको स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष आनन्द सिंहले जानकारी दिए।

त्यसअघि शिक्षण अस्पताल रेसिडेन्ट चिकित्सक संघले विज्ञप्ति जारी गर्दै आफूहरुले काम छाडेको जानकारी गराएको थियो।

त्यस्तै माइतीघरमा विरोध प्रदर्शन गर्दै उनीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा मागे गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here