दोहोरो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । नेप्से दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन नेप्से परिसूचक १८.४५ अंकले बढेर २०२२.९१ विन्दुमा पुगेको छ । यसदिन २८६ कम्पनीको २ अर्ब ९ करोड ३८लाख ९ हजार ५१८ रुपैयाँ बराबरको शेयर किनबेच भएको हो ।

आज कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये १ वटा घटेको छ भने अन्य सबै बढेको छ । एनआइसी एशिया बैंकको शेयर सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड ३४ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

५ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here