च्याटजीपीटीले थप्यो नयाँ फिचर

काठमाडौं । आर्टिफिशल इन्टेलिजन्स (एआई) प्रविधिमा आधारित च्याटबोट च्याटजीपीटीले नयाँ फिचर थप गरेको छ । च्याटजीपीटीको मुख्य कम्पनी ओपनएआईले बोलेरै प्रश्न सोध्न वा संवाद गर्न सकिने फिचर समावेश भएको घोषणा गरेको हो।

सोमबारदेखि शुरु भएसँगै च्याटजीपीटीमा प्रयोगकर्ताले अब कुनै पनि विषयमा प्रश्न सोध्न सक्छन् जसको उत्तर च्याटजिपीटीले सहज र संवादात्मक शैलीमा दिन्छ।

त्यसैगरी यसबाहेक च्याटजीपीटीमा चित्रमा आधारित रही पनि संवाद गर्न सकिने घोषणा गरिएको छ। जसअनुसार प्रयोगकर्ताले कुनै पनि चित्र च्याटबटलाई देखाएर वा अपलोड गरेर उक्त चित्रबारे च्याटबटसँगै संवाद गर्न सकिनेछ।

हाल संसारभर च्याटजिपिटी प्रयोग गर्ने १ दशमलव ४३ बिलियन बढी मानिस रहेको बताइएको छ।

के हो च्याटजीपीटी

च्याटजीपीटी ओपनएआई संस्थाको एक परियोजना हो । एआईसँग वार्तालापलाई सहज र प्राकृतिक अर्थात मानिस-मानिसबीचको कुराकानी जस्तै महसुस गराउने प्रयास हो ।

प्रयोगकर्ताहरूले एआई प्रश्नहरू तत्काल सन्देश जस्तै सुविधा, मोडेलको लागि सङ्कलन गरिएको ज्ञान जाँच गर्न सक्छन्। च्याटजीपीटीले वार्तालापको लय नक्कल गर्ने प्रयास गर्दै पूर्ण वाक्यमा प्रश्नहरूको जवाफ दिनेछ। तर यसको जवाफहरू सधैं सही, वा उपयुक्त हुँदैनन्।

च्याटजीपीटी सँग छुटै व्यक्तित्व छैन । तर यसले मानव प्रशिक्षणका साथ यसको सट्टा यसले धेरै स्रोतहरूबाट सङ्कलन गरिएको ज्ञानलाई संयोजन गर्न सक्छ ।

च्याटजीपीटीमा साइन अप गरेपछि प्रयोगकर्ताहरूले एआई प्रणालीलाई आफ्नो अवश्यकता अनुसारको प्रश्न सोध्न सक्छन् । जस्तै:- विनोद चौधरीको सम्पत्ती कति छ ? विश्वयुद्दका बारेमा जानकारी देउ । यसकोे विस्तृतमा जानकारी च्याटजीपीटीले दिन्छ ।

त्यसो त सामान्य कुरा जस्तै आजको तापक्रम, कुनै गणितीय विषयवस्तुको सिकाइका लगायतका गतिविधी सजिलै गरिदिन्छ ।

यदि तपाईं बाहिर जाने योजना बनाउनुहुन्छ, बाहिरको तापक्रम ४० डिग्री छ भने, तपाईंले हल्का ज्याकेट वा स्वेटर, लामो प्यान्ट, र बन्द खुट्टाको जुत्ता लगाउनु पर्छ भन्ने जवाफ आउछ ।

त्यस्तै यदि तपाइँ भित्र बस्ने योजना बनाउनुहुन्छ भने, तपाइँ टिसर्ट र जीन्स वा अन्य आरामदायक लुगा लगाउन सक्नुहुन्छ भन्ने सुझाव यसले दिन्छ ।

त्यस्तै तपाँईलाई इमेल लेख्न, तपाँईको घरमा कस्तो पेन्ट गर्ने, पेट दुख्दा के खाने नखाने बारे समेत बताउँछ ।

दैनिक जीवनलाई नै सहज बनाइदिने यो च्याटजीपीटीले अन्य एआई संचालित उपकरणहरू जस्तौ रचनात्मक उद्योगहरूलाई बाधा पु-याउन सक्ने वा पूर्वाग्रहहरू कायम राख्ने तथा गलत जानकारी फैलाउन सक्छ भन्ने सम्भावित चिन्ताहरू भने छ ।

अमेरिकाको सानफ्रान्सिस्कोमा इलन मस्कले स्थापना गरेको कम्पनी ओपन एआईले बनाएको च्याटजीपीटी नोभेम्बर ३० मा सार्वजनिक गरिएको थियो ।

यसमा प्रयोगकर्ताले कविता, गीत लेख्न मात्रै नभएर कतिपयले बम बनाउने तरिकादेखि चोर्ने काइदाबारे पनि सोध्ने र सिक्ने गरेको जानकारहरूको दाबी छ । यसले गुगलजस्ता सर्च इन्जिनलाई चुनौती दिनसक्ने कतिपयको अनुमान छ ।

यसमा भएका सबै कन्टेन्ट (लेख, तस्बीर, चित्र, भिडियो आदि) इन्टरनेटबाटै लिइएका हुनाले तिनको आधिकारिता र कपिराइटका विषयमा पनि विज्ञहरूले प्रश्न गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here