सूचीकृत कम्पनीलाई असोज मसान्तभित्र नविकरण शुल्क बुझाउन नेप्सेको आग्रह

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई असोज मसान्तभित्र नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले चालू आर्थिक वर्ष २०८०/८१ को धितोपत्रको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

नेप्सेमा सूचीकृत कम्पनीहरूले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) भएको व्यवस्था अनुसार आर्थिक वर्ष २०८०/८१ को धितोपत्रको वार्षिक नविकरण शुल्क बुझाउन नेप्सेले अनुरोध गरेको हो । सूचीकृत कम्पनीहरूले असोज मसान्तसम्म उक्त वार्षिक नवीकरण शुल्क बुझाउनुपर्नेछ ।

तोकिएको समयभित्र नविकरण शुल्क नबुझाएमा शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने साथै धितोपत्र सूचीकरण स्थगन गर्न सकिने नेप्सेले जनाएको छ । नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये ५० करोड रुपैयाँसम्मको चुक्ता पूँजी भएकाले वार्षिक ५० हजार नवीकरण शुल्क तिर्नुपर्छ ।

५० करोड रुपैयाँभन्दा बढी चुक्ता पूँजी भएका कम्पनीले भने वार्षिक १ लाख रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्ने प्रावधान छ । त्यस्तै डिबेन्चर र म्युचुअल फण्डहरूले आकारको हिसाबले ५० करोड रुपैयाँसम्म चुक्ता पूँजी भएकाले वार्षिक २५ हजार रुपैयाँ र ५० करोड रुपैयाँभन्दा बढी चुक्ता पूँजी भएकाले वार्षिक ५० हजार रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here