दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा गिरावट

काठमाडौं । नेप्से आज दोहोरो अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन नेप्से परिसूचक १८.६० अंकले घटेर २००४.३० विन्दुमा पुगेको छ । यसदिन २८२ कम्पनीको १ अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहको परिसूचक घटेको छ । सन नेपाल लाइफको शेयर सर्वाधिक कारोबार भएको छ । यसको ७ करोड ६२ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

दोहोरो अंकले घटेको बजारमा आज लक्ष्मी भ्यालु फण्ड २ र शुभम पावरको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यी कम्पनीका शेयरधनीले १० प्रतिशत गुमाएका छन् ।

घट्दो बजारमा आज मनकामना इन्जिनीयरिङका शेयरधनीले भने करिब १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here