गरिमा विकास बैंकका ग्राहकले अब विदेशबाट पनि मोबाइल बैंकिङ सुचारु गर्न मिल्ने

काठमाडौं । विदेशमा रहेका नेपालीहरुका लागि गरिमा विकास बैंकले मोबाइल बैंकिङ सेवालाई स्तरोन्नति गरेको छ । नेपालस्थित आफ्नो बैंक खातासम्मको पहुँच पुर्‍याउनका लागि यो सेवा उपलब्ध गराइएको हो ।

अब विदेशमा बसेर बैंकमार्फत मोबाइल बैंकिङ सेवा लिन चाहने ग्राहकहरूले बैंकले तोकेबमोजिमका कागजातहरू पूरा गरी यो सेवा लिन सक्नेछन् ।

साथै, यो सुविधा लिने ग्राहकले गरिमा विकास बैंकको वेब बैंकिङ पनि सजिलै चलाउन सक्नेछन् । बैंकले कहिले पनि फोन गरेर वा अरू माध्यमबाट आफ्ना ग्राहकको बैंकिङ विवरण नमाग्ने जानकारी दिँदै फोनकल वा मेसेजको भरमा आफ्नो व्यक्तिगत बैकिङ विवरण अरूलाई नबाँड्न आग्रहसमेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here