काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गरेको छ ।
कम्पनीले सर्वसाधरणका लागि अंकित मूल्य १०० रुपैयाँमा १३७.५८ रुपैयाँ प्रिमियम थपि प्रतिकित्ता २३७.५८ रुपैयाँ दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा असोज १७ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा असोज २८ गतेसम्म आवेदन दिन पाइने छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।