कक्षा १२ पढ्ने निमाले चढे धौलागिरी

काठमाडौं । विश्वमै सबैभन्दा कान्छो आरोही बनेका निमा रिन्जी शेर्पाले विश्वको सातौं अग्लो हिमाल धौलागिरी (८,१६७ मिटर)को सफल आरोहण गरेका छन् । शेर्पाले १६ वर्षको उमेरमा मनास्लु हिमाल, १७ वर्षको उमेरमा केटु हिमालको सफल आरोहण गरेसँगै उनी मुख्य चुचुरोमा पुग्ने सबैभन्दा कान्छो आरोही पनि बनेका थिए ।

विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु मध्ये शेर्पाले अब पाँच वटा हिमालहरु मात्र आरोहण गर्न बाँकी छ । शेर्पाले केटु, ब्रोडपिक, गासरब्रम– १, गासरब्रम– २, नङ्गा पर्वत, मनास्लु, अमा दब्लम, सगरमाथा, ल्होत्से, धौलागिरी लगायत हिमालहरु सफल आरोहण गरिसकेका छन् । उनले १० घण्टाभित्र सगरमाथा र ल्होत्से आरोहण गर्ने सबैभन्दा कान्छो आरोही पनि बनेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here