एक महिनामा नेपाल आए ९१ हजार पर्यटक, भारतीय पहिलो दोस्रोमा चिनियाँ

काठमाडौं । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार यो वर्ष सेप्टेम्बरमहिनामा मात्र ९१ हजार १२ जना विदेशी नेपाल घुम्न आएका छन् ।

यो संख्या गत वर्षको सेप्टेम्बरको तुलनामा ५७ प्रतिशतले बढी हो। सन् २०२२ को सेप्टेम्बरमा ५८ हजार ३१४ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

बोर्डका अनुसार सेम्टेम्बरमा सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल आएका छन् । यो महिना २८ हजार ६९४ जना भारतीय नेपाल आएको बोर्डको तथ्यांक छ ।

त्यसैगरी, दोस्रोमा चिनियाँ पर्यटक ८ हजार १७४ जना नेपाल घुम्न आएका छन् । बोर्डका अनुसार सेम्टेम्बरमा अमेरिकाबाट ७ हजार ३६४ जना, बंगलादेशबाट ३ हजार ७१६, बेलायतबाट ३ हजार ६४०, श्रीलंकाबाट ३ हजार ११ जना, जर्मनीबाट २ हजार ८५२, दक्षिण कोरियाबाट २ हजार १८ र इजरायलबाट १ हजार ७३४ जना पर्यटक नेपाल आएका छन् ।

सन् २०२३ को ९ महिनामा झण्डै ७ लाख पर्यटक नेपाल आएका छन् । बोर्डका अनुसार यो वर्ष सेम्टेम्बरसम्म ६ लाख ९२ हजार ३७२ जना पर्यटक नेपाल आएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here