दोहोरो अंकले घट्यो नेप्से, कारोबारमा गिरावट

काठमाडौं । नेप्से आज दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक १७.५६ अंकले घटेर १९५८.७२ विन्दुमा पुगेको छ । यसदिन २८१ कम्पनीको १ अर्ब १९ करोड ९१ लाख १ हजार ३२४ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहको परिसूचक घटेको छ । सिटिजन लाइफको शेयर सर्वाधिक कारोबार भएको छ । यसको ५ करोड २९ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

दोहोरो अंकले घटेको बजारमा आज सामुदायिक लघुवित्तका सेयरधनीले सर्वाधिक ७.५४ प्रतिशत गुमाएका छन् भने समता लघुवित्तका सेयरधनीले ७.९१ प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here