तोलामै हजार रुपैयाँ बढ्यो सुनको भाउ, प्रतितोला ७३ हजार ५ सय

काठमाडौं, १८ भदौ । तीज सकिएसङ्गै नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधवार १ हजार रुपैयाँले बढेर प्रतितोला ७३ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै, तेजावी सुनमा पनि प्रतितोला १ हजार रुपैयाँले वृद्धि भएको छ । मंगलवार ७२ हजार २ यस रुपैयाँ प्रतितोलामा कारोबार भएको तेजावी सुनको मूल्य बुधवार ७३ हजार २ यस रुपैयाँ कायम भएको छ ।

बुधबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले बढेर ९ सय ४० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here