एनआईसीको मोबाइल बैंकबाट वानप्लस मोबाइल किन्दा १०% क्यासब्याक

काठमाडाैं, १८ भदाै । एनआईसी एशिया बैंक र ग्लोबल कि टेक्नोलेजिज बीच रिचार्जर एपबाट एनआईसी एशियाको मोबाइल बैंक प्रयोग गरी क्युआर मार्फत् वान प्लस सेभेन मोबाइल फोन खरिद गर्दा क्यासब्याक दिने सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार रिचार्जर एप तथा वेभसाईट प्रयोग गरी वान प्लस सेभेन मोबाइल फोन किन्दा एन आई सी एशिया बैंकको मोबाइल बैंक मार्फत् भुक्तानी गर्दा १०% क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

अन्य बैंकको मोबाइल बैंकिङ मार्फत् वान प्लस सेभेन मोबाइल फोन खरिद गर्दा भने ५% क्यास ब्याक प्राप्त गर्न सकिन्छ ।

यो योजना भदाै १८ देखि आश्विन १ गते सम्मका लागि लागू हुने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here