शेयर बजारमा झिनो अंकको सुधार, तीन कम्पनीको मूल्यमा उच्च वृद्धि

काठमाडौं । नेप्सेमा झिनो अंकको सुधार आएको छ । साताको कारोबारको चौंथो दिन परिसूचक ९.२४ अंकले बढेर १९६७.९७ विन्दुमा पुगेको छ ।

यसदिन १ अर्ब १८ करोड ९९रुपैयाँ बढीको शेयर किनबेच भएको छ । तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा मध्यभोटेकोशी जलविद्युत कम्पनी, बुद्धभुमी हाइड्रोपावर र इन्फिनिटी लघुवित्त वित्तीय संस्था रहेका छन् ।

यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ६ करोड ९३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here