दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा गिरावट

काठमाडौं । नेप्से दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ११.४ अंकले घटेर १९५६.९२ विन्दुमा पुगेको छ । यसदिन २८० कम्पनीको १ अर्ब १० करोड ६५ लाख १९ हजार ४१८ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये १ वटा बढेको छ भने अन्य सबैको घटेको छ । सिटिजन लाइफको शेयर सर्वाधिक कारोबार भएको छ । यसको ४ करोड ४३ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here