बच्चालाई किन जबरजस्ती खाना खुवाउनु हुँदैन ?

काठमाडौं । अधिकांश अभिभावकले बच्चाहरुलाई जति धेरै खाना खान दियो त्यति स्वस्थ हुन्छन् भन्ने सोच्छन् ।

साना बच्चाहरु कतिपय अवस्थामा खाना खान मान्दैनन् । यस्तो अवस्थामा अभिभावकहरु उनीहरुलाई जवरजस्ती खाना खुवाउने प्रयास गर्छन् ।

तर तपाईंलाई थाहा नहुन सक्छ बच्चाहरुलाई जबरजस्ती खाना खुवाउँदा उनीहरुमा विभिन्न प्रकारका समस्याहरु आउने गर्छन् ।

जबरजस्ती खाना खुवाउँदा यस्ता समस्या आउँछः

१. सुस्त र कमजोर
आवश्यकता भन्दा धेरै खाना खुवाउँदा शरीरमा पोषक तत्वहरुको सन्तुलन मिल्दैन । जसको कारण बच्चा कमजोर र अल्छि हुने गर्छन् ।

धेरै खाना खुवाउनाले कारण बच्चाहरु मोटोपनको शिकार हुन्छन् ।

२. बच्चाले प्रयाप्त मात्रामा पोषण पाउँदैनन्
खाना पाचन हुन र पर्याप्त मात्रामा पोषक तत्व प्राप्त गर्नको लागि बच्चाहरुले आफूलाई मन परेको खाना आफूलाई आवश्यक रहेको अनुपातमा खानु आवश्यक हुन्छ ।

जवरजस्ती खुवाएको खाना न त राम्रोसँग पाचन हुन्छ न त त्यसबाट आवश्यक मात्रामा पोषकतत्व नै प्राप्त हुन्छ ।

३. कोलेस्टेरोल र मुटुसम्बन्धी समस्या
आवश्यकता भन्दा धेरै खाना खुवाउँदा बच्चाहरुको शरीरमा कोलेस्टेराेलकाे मात्रामा वृद्धि हुन्छ । जसको कारण बच्चाहरुमा मुटु तथा मस्तिष्क सम्बन्धी समस्याहरु देखापर्छ ।

कस्तो खाना खुवाउने ?

यदि बच्चाहरु खाना खान मान्दैनन् भने उनीहरुलाई जवरजस्ती खाना खुवाउनुको सट्टा केही यस्ता खानेकुरा खुवाउनुहोस् जसले उनीहरुको शारीरिक विकासमा सहयोग गर्छ ।
जस्तैः फलफुल, दुध, तरकारीको सुप, दाल आदि । यस्ता खानेकुरामा प्रशस्त मात्रामा फाइबर हुन्छ ।

यस्तो खानेकुराबाट लामो समयसम्म भोक नलाग्नुका साथै आवश्यक पोषकतत्व पनि प्राप्त हुन्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here