दोहोरो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । आइतबार एकैदिन ३५ अंकले गिरावट आएको नेप्से आज १२ अंकले घटेको छ । सोमबार नेप्से परिसूचक १२.५८ अंकले घटेर १९०८.६६ विन्दुमा आइपुगेको छ ।

यसदिन २८७ कम्पनीको १ अर्ब १७ करोड रुपैयाँ बढीको ४३ लाख २७ हजार १७९ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये उत्पादन र व्यापार बाहेक अरु सबैको परिसूचक घटेको छ ।

जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १ प्रतिशतले घटेको छ । आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको साढे ३ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

हिमालयन लघुवित्त र बाराही हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here