हमासको नियन्त्रणमा रहेको क्षेत्रबाट नेपाली विद्यार्थीलाई इजरायली सेनाले गर्‍यो उद्धार (भिडियो)

काठमाडौं । हमास समूहको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ। इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरूलाई सुरक्षित स्थानतर्फ लगेको हो।

केही उद्धार भइसकेको र बाँकीको केही बेरमा उद्धार हुने नेपाली विद्यार्थी लुइस रिजालले जानकारी दिए। उनीहरू त्यहाँ शनिबार बिहान ७ बजेदेखि थिए। ‘हामीलाई स्कर्टिङ गरेर सबैलाई सुरक्षित लैजानका लागि सेनाको उद्धार टोली आइसकेको छ।

अब हामीहरू सबैजना मुभ भइरहेका छौं रिजालले भनेका छन् । शनिबारदेखि जारी इजरायल र गाजाबीचको युद्धमा परेका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। युद्धग्रस्त क्षेत्र नजिकै रहेका नेपालीहरू बंकरमा रहेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here