नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, परिसूचक १८०० विन्दुमा ओर्लियो

काठमाडौं । शेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । आइतबार ३५ सोमबार १२ अंकले घटेको नेप्से आज १९ अंकले घटेको छ । मंगलवार नेप्से परिसूचक १९.६ अंकले घटेर १८८९.५९ विन्दुमा आइपुगेको छ ।

यसदिन २८२ कम्पनीको १ अर्ब २८ करोड ३१ लाख ८२ हजार १४५ रुपैयाँ बराबरको ४३ लाख ८७ हजार ४२४ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहकै परिसूचक घटेको छ ।

हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै १.७९ प्रतिशतले घटेको छ ।

आज सानिमा जीआइसी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको २० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

घट्दो बजारमा आज बाराही हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ७.६४ प्रतिशत गुमाएका छन् भने अपर लोहोरे खोला हाइड्रोपावरका शेयरधनीले ५.८६ प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here