सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले बुधबार आइपीओ बाँडफाँट गरेको हो ।

गोलाप्रथाबाट १० लाख ४० हजार ७७० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने ८ हजार ६३८ जनाको हात रित्तो भएको छ ।

कम्पनीको आइपीओमा कुल १० लाख ४७ हजार ४५९ जनाले आवेदन दिएका थिए । सोमध्ये १० लाख ४० हजार ७७० जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ ।

कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता २३७.५८ रुपैयाँ (अंकित मूल्य १०० मा १३७.५८ रुपैयाँ प्रिमियम थपेर) दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।कम्पनीले कर्मचारीका लागि छुट्याएको सेयरमध्ये नबिकेको ५ लाख ८८ हजार ७८४ कित्ता सेयर पनि सर्वसाधरणलाई बाँडेको हो ।

कम्पनीको आइपीओको लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here