झिनो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । यो साता निरन्तर घटेको शेयर बजारमा सुधार आएको छ । बुधबार नेप्से परिसूचक ५.१६ अंकले बढेर १८९४. ७६ विन्दुमा पुगेको छ ।

यसदिन २८६ कम्पनीको १ अर्ब ८ करोड ८५ लाख ४७ हजार ९८० रुपैयाँ बराबरको ३७ लाख ३३ हजार ५२४ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये १० समूहको परिसूचक बढेको छ भने ३ को घटेको छ । होटल समूहको परिसूचक सबैभन्दा धेरै १.८० प्रतिशतले बढेको छ ।

आज माण्डू हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको पौने ५ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

बढ्दो बजारमा आज ५ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सिटी होटलको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने माण्डू हाइड्रोपावर, हाथवे इन्भेटमेन्ट, सयपत्री हाइड्रोपावर र समता लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here