मिर्मिरे लघुवित्तको एफपीओ खुल्यो

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ बिक्री खुला गर्ने गरेको छ । लघुवित्तले संस्थापक र सर्वसाधरणको सेयर हिस्सा मिलाउन एफपीओ निष्काशन गरेको हो ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले लघुवित्तको एफपीओमा असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै सेयर नबिकेमा ढिलोमा कात्तिक ९ गतेसम्म आवेदन दिन पाइने छ । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here