एओटीएस जापानले जनशक्ति विकासमा सहयोग बढाउने संकेत

काठमाडौं, ६ फागुन । एओटिएस (द एशोसिएशन फर ओभरसिज टेक्निकल कोअपरेशन एण्ड सस्टेनेबल पार्टनरसिप) जापानले मानव संसाधनको विकासका क्षेत्रमा तालीमको माध्यमबाट सहयोग बढाउने संकेत गरेको छ ।

एओटीएसका अध्यक्ष शिन्या कुवायमाको नेतृत्वमा नेपाल आएको एक प्रतिनिधिमण्डलले सोमवार नेपाल उद्योग परिसंघ (सीएनआई) सँगको छलफलमा यस्तो संकेत गरेका हुन् । ‘नेपाल आर्थिक प्रगतिको पथमा तीब्र गतिले अगाडि बढिरहेको सन्दर्भमा विगतमा जस्तै आउँदा दिनमा पनि जापान र नेपालमा मानव संसाधन विकासका क्षेत्रमा सहयोग बढाइने छ,’ उनले भने ।

त्यसको लागि निजी क्षेत्र बढी क्रियाशील भई कुन क्षेत्रमा कस्तो सहयोग, तालिम वा गोष्ठी गर्दा नेपाल र नेपालीको हीतमा हुन्छ सो प्रष्ट हुनु पर्ने उनले बताए । आफ्नो संस्थाले यसका लागि जेट्रोसँग सहकार्य गर्दै सहयोगी भूमिका खेल्ने उल्लेख गरे ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुक आर्थिक समृद्धितर्फ अग्रसर भएको उल्लेख गर्दै हालै सम्पन्न नेपाल उद्यमशीलता सम्मेलनबाट नयाँ शीप, ज्ञान र नवीनतम सोचको टड्कारो आवश्यकता महशुस भएको उल्लेख गरे ।
आर्थिक विकास र संघीय संरचनामा यसको अझबढी आवश्यकता रहेको उनको धारणा थियो ।

प्रतिनिधि मण्डलका अन्य सदस्यहरुमा एओटीएस दिल्ली कार्यालयका महाप्रवन्धक हिसासी काण्ड, मासोनारी कासाई, एओटीएस नेपालका द्वितीय उपाध्यक्ष अशोककुमार अर्याल र नेपाल एओटीएसका सल्लाहकार अमित दलीको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here