एकान्तकुना यातायात कार्यालयले सुरु गर्‍यो अनलाइन सेवा

काठमाडौं । सर्वाधिक भीड हुने यातायात ब्यवस्था कार्यालय एकान्तकुनाले विहीबारदेखि अनलाइन सेवा सुरु गरेको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र वाग्मती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले एकान्तकुना यातायात ब्यवस्था कार्यालयमा अनलाइन सेवा सुरु गरेका छन्।

विहीबारदेखि राजश्व भूक्तानी, लाइसेन्स नविकरण र बर्ग थप अनलाइनबाटै हुने भएको छ। यससँगै सेवाग्राहीको भीड हट्ने अपेक्षा गरिएको छ। नयाँ सवारी चालक अनुमतिपत्रको आवेदन दिनका लागि यसअघि नै अनलाइन सेवा सञ्चालनमा थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here