युनिलिभरले घोषणा गर्‍यो अहिलेसम्मकै धेरै लाभांश

काठमाडौं । युनिलिभर नेपालले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनी संचालक समितिको असोज २६ गते बसेको बैठकले सेयरधनीलाई १५८० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

कम्पनीले घोषणा गरेको यो लाभांश अहिलेसम्मकै यताकै धेरै हो । कम्पनीले सफलतापूर्वक सञ्चालनको ३० वर्ष सम्पन्न गरेको खुशियालीमा सेयरधनीलाई हालसम्मकै धेरै लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि आगामी मंसिर १२ गतेदेखि २६ गतेसम्म बुकक्लोज मिति तोकेको छ । सो अनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

युनिलिभर नेप्सेमासूचीकृत कम्पनी मध्ये सबैभन्दा महँगो सेयर मूल्य भएको कम्पनी हो । सोमबार दिउँसो साढे ११ बजेसम्म कम्पनीको सेयर प्रतिकित्ता ३७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here