२५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, ट्रकका चालकसहित ३ जना पक्राउ

काठमाडौं । विराटनगरमा युवतीमाथि सामूहिक बलात्कार भएको छ । घटनामा संलग्न आरोपमा प्रहरीले तीनजना यातायात मजदुरलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ,२० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालक रहेका छन् । तामाङ प्रदेश २४-००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् ।

१६ वर्षीय बालक अर्को ट्रकका सहचालक हुन् । संलग्नहरू ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कको होटलमा पुगेका थिए । खाना खाएपछि फर्किने क्रममा सफारीमै यात्रा गरिरहेकी युवतीलाई ललाइफकाइ ट्रक पार्किङ गरेको स्थानमा पुर्‍याएर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आक्रोशित बनेकाहरूले ट्रकमा तोडफोडसमेत गरिदिएका छन् । तोडफोटबाट ट्रकको अगाडिको शिशा फुटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here