काठमाडौंका तीन सडकखण्डलाई बनाइयो ‘वान वे’ (सूचनासहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका तीन वटा सडक खण्डमा भोलीदेखि एकतर्फी सवारी सञ्चालन बनाइएको छ । महानगरपालिकाले सूचना जारी गदैृ कात्तिक १ गतेदेखि अहिले दोहोरो सवारी सञ्चालन भइरहेका सडक खण्डलाई एकतर्फी बनाइएको जानाकारी दिएको हो ।

महानगरपालिका क्षेत्रभित्र सवारी आवागमनलाई थप व्यवस्थित बनाउन कात्तिक १ गतेबाट लागू गर्ने गरी त्रिपुरेश्वर, कमलादी र दरवारमार्ग सडक खण्डलाई एकतर्फी (वान-वे)) बनाइएको छ ।

वडा नं ११ त्रिपुरेश्वर मूल सडक खण्डको दक्षिणतर्फ त्रिपुरेश्वरबाट गुसिंगाल- सेतोपुल-मिलन मार्गतर्फ जान मात्र पाउने छ ।

यस्तै वडा नं २८ पुतलीसडक, मूलसडक खण्डको पश्चिमतर्फ कमलादी मोडबाट घण्टाघरतर्फ जान मात्र पाउनेछ भने वडा नं १ र २८ मा पर्ने दरवार मार्ग मूल सडकको पूर्वतर्फ महेन्द्र सालिकदेखि कृष्ण पाउरोटी चोक (कमल पोखरी) सम्म जान मात्र पाउने महानगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here