ग्लोबल आइएमई बैंकले उपत्यकाका यी शाखाबाट नयाँ नोट दिने

काठमाडौं । यो वर्षको दसैँका लागि सर्वसाधारणले नयाँ नोट आज (सोमबार)देखि साटेका छन् ।

एक व्यक्तिले १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको छ । गत वर्ष पनि एक व्यक्तिले १८ हजार ५०० रुपैयाँ नै साट्न पाउने व्यवस्था थियो ।

आजदेखि साट्न पाउने भएसँगै नेपाल राष्ट्र बैंकमा लामो लाइन लागेको छ । तर, राष्ट्र बैंकबाहेक सञ्चालित २० वटा वाणिज्य बैंकका शाखा कार्यालयबाट पनि नयाँ नोट साट्न पाइन्छ ।

ग्लोबल आइएमई बैंकले दसैँका लागि नयाँ तथा सुकिला नोट सटही गर्न उपत्यका विभिन्न शाखा तोकेको छ।

बैंकले एक सूचना प्रकाशित गर्दै नयाँ तथा सुकिला नोट सटहीका लागि शाखा कार्यालयहरु तोकेको हो। बैंकको काठमाडौंको कान्तिपथ, कमलादी, धापासी ललिपपुर(जावालखेल) र सूर्यविनायकमा नयाँ तथा सुकिला नोट प्रदान गर्ने भएको छ ।

नयाँ तथा सुकिला नोट असोज २९ गतेदेखि (सार्वजनिक बिदाबाहेक)का दिनमा सहटी गर्न सकिने बैंकले जनाएको छ। अन्य दिनमा यो सुविधा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र शुक्रबारका दिन भने बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उपलब्ध हुने बैंकले स्पष्ट पारेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here