दुई बाहेक सबै वाणिज्य बैंकको घट्यो निक्षेपकाे ब्याजदर, कुनको कति ?

काठमाडौं । कात्तिकको लागि ब्याजदर सार्वजनिक गरेका २० वाणिज्य बैंकमध्ये दुई वटाले बाहेक सबैले मुद्दती निक्षेपको माथिल्लो सीमा घटाएका छन्।

असोजका लागि १४ बैंकले निक्षेपको ब्याजदर घटाएका छन् भने २ बैंकले बढाएका छन् । ४ बैंकले भने असोजकै ब्याजदर यथावत राखेका छन् । असोजको तुलनामा कात्तिकमा वाणिज्य बैंकहरूले अधिकतम् १.८३ प्रतिशत विन्दुसम्म ब्याजदर घटाएका छन् ।

कात्तिकमा सबैभन्दा धेरै निक्षेपको ब्याजदर एभरेष्ट बैंकले घटाएको छ । असोजको तुलनामा कात्तिकमा एभरेष्टले १.८३ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ। असोज महिनामा ११.०५४ प्रतिशत रहेको बैंकको व्यक्तिगत मुद्दतीको ब्याजदर कात्तिकमा ९.२२४ प्रतिशतमा झारेको छ ।

त्यसैगरी, प्राइम कमर्सियल बैंक, नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि १ प्रतिशतविन्दुभन्दा बढी ब्याजदर घटाएका छन्।

कात्तिकमा ३ बैंकले सबैभन्दा धेरै ११.००३ ब्याजदर दिने भएका छन् । एनएमबी, एनआइसी एशिया र हिमालयकाले व्यक्तिगत मुद्दतीमा ११.००३ प्रतिशत ब्याजदर दिने भएका हुन् ।

त्यस्तै, नेपाल एसबीआइ, इन्भेष्टमेन्ट मेगा, कुमारी, नबिल, ग्लोबल आइएमई र लक्ष्मी सनराइजले १० प्रतिशत ब्याजदर दिने भएका छन् ।

कात्तिकमा सबैभन्दा कम ब्याजदर विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टर्डको रहेको छ । यसले व्यक्तिगत मुद्दतीमा ९.२२ प्रतिशत ब्याजदर दिने भएको छ । त्यस्तै, एभरेष्ट, प्रभु, सानिमा, प्राइम कर्मशियल र नेपाल बैंकले पनि ९.२२४ प्रतिशत ब्याज दिने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here