तीन दिनमा १ लाख ७६ हजारले छोडे उपत्यका

काठमाडौं । दशैं–तिहार मनाउन काठमाडौँ उपत्यकाबाट वाहिरिनेको संख्या दिन प्रतिदिन बढी रहेको छ ।

घटस्थापनादेखि तेस्रो दिन मंगलबारसम्म कुल एक लाख ७६ हजार ५५२ जना सडकमार्ग हुँदै बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । थप ८७ हजार ६०६ जनाले विभिन्न ठाउँमा जान टिकट बुकिङ गरेका छन् ।

उपत्यका छोडेर घर फर्कने यात्रीका निम्ति ट्राफिक प्रहरीले विभिन्न ठाउँमा सहायता डेस्क सञ्चालन गरेको छ । लामो सवारीसाधनमा दुई चालक र टाइम कार्ड अनिवार्य गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here