घटस्थापनापछि ३ लाख ५८ हजार यात्रु उपत्यकाबाट बाहिरिए

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैं मनाउनका लागि घटस्थापनापछि ३ लाख ५८ हजार मानिस उपत्यकाबाट बाहिरिएका छन् ।

घटस्थापनादेखि नै अधिकाशं विद्यालय, कलेज र संघ संस्था बन्द भएपछि दशैं मनाउनका लागि यात्रु जन्मघर जान थालेका हुन् ।

घटस्थापनापछि काठमाडौं नागढुंगा, फर्पिङ, मुड्खु भञ्ज्याङ र भक्तपुरको जगातेबाट ३ लाख ५८ हजार ७६२ जनाले उपत्यका छाडेका छन् । तर, बुधवारबाट उपत्यका छाड्नेको संख्या बढेको छ । एकैदिन ९१ हजार १०८ जनाले उपत्यका छाडेका छन् ।

ट्राफिकले अघिल्लो दिन बिहान ६ बजेदेखि भोलिपल्ट ६ बजेसम्मको रेकर्ड राख्दै आएको छ । ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि काठमाडौं उपत्यकाभित्रका स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ ।

चाडपर्वको समयमा हुनसक्ने सुरक्षा चुनौती र दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here