झिनो अंकले घट्यो नेप्से, ९७ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ४.५१ अंकले घटेर १९०३ विन्दुमा झरेको हो ।

यसदिन २८४ कम्पनीको ९७ करोड ६ लाख १२ हजार ८९२ रुपैयाँ बराबरको ३७ लाख ६६ हजार १५३ कित्ता शेयर किनबेच भएको छ ।

आज नबिल बैंकको प्रमोटर शेयर सर्वाधिक कारोबार भएको छ । यसको ५ करोड ९० लाख रुपैयाँ बराबरको किनबेच भएको छ । प्रभु बैंकको पनि ५ करोड रुपैयाँ बढीकै संस्थापक शेयर किनबेच भएको छ ।

यसदिन सिटिजन म्युचअल फन्डको शेयर मूल्य सर्वाधिक ५.८७ प्रतिशतले बढेको छ । दोस्रोमा वीपीडब्लु लघुवित्तको ४.७६, सानिमा जिआइसीको ४.३३ र सेन्चुरी डिबेन्चरको मूल्य ४ प्रतिशतले बढेको छ ।

सामान्य अंकले घटेको बजारमा सबैभन्दा धेरै अपरसोलु हाइड्रोइलेक्ट्रिसिटिका लगानीकर्ताले ८.२५ प्रतिशतले गुमाएका छन् । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.७३ प्रतिशतले गुमाएका छन् । आशा लघुवित्तको ६.६ र सयपत्रि हाइड्रोपावरको शेयर मूल्यमा ५.२२ प्रतिशतले गिरावट आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here