मोरङमा दुई साँढे जुध्दा एक महिलाको मृत्यु

काठमाडौं । मोरङमा साँढेले किचेर एक महिलाको मृत्यु भएको छ । जहदा गाउँपालिकामा भाग्दै घरमा पसेको साँढेले किचेर ६० वर्षीया घुर्नी खातुनको ज्यान गएको हो ।

सडकमा दुई साँढे जुध्दै गर्दा एउटा साढे भागेर घरमा पसेपछि ६० वर्षीया घुर्नी खातुनलाई किच्न पुगेको थियो । सडक नजिक रहेको घरको आगनमा बसिरहेको अवस्थामा साँढेले किचेपछि महिला गम्भीर घाइते भएकी थिइन् ।

गम्भीर घाइते भएकी महिला खातुनलाई तत्काल उपचारका लागि परिवार सदस्यले विराटनगरस्थित कोसी अस्पताल ल्याएका थिए । सोही क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । महिलाको मृत्युभएसंगै परिवार र छिमेकीहरुले उपचारमा लापरवाही भएको भन्दै अस्पताल परिसरमा नारावाजी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here