सकियो दशैं बिदा, घर गएकाहरू फर्किन थालेपछि बढ्यो सहरमा चहलपहच

काठमाडौं । दशैं बिदामा घर फर्किएकाहरू कार्यथलो फर्किन थालेका छन् । बिदामा घर गएकाहरू फर्किन थालेपछि राजमार्ग, सडक र सहरमा चहलपहच बढ्न थालेको छ ।

बडादशैंको बिदा आजबाट सकिएको छ। बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुलेका छन् । सरकारले कात्तिक ४ गते फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो। तर केही विद्यालयहरूले भने शुक्रबार समेत बिदा दिएर आइतबारबाट खोल्ने गरी व्यवस्था मिलाएका छन्।

यद्यपि काठमाडौं उपत्यका भित्रने क्रम भने टीकाको भोलिपल्टबाटै बढेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। बिदा सकिए पनि दशैंको टीका भने कोजाग्रत पूर्णिमाको दिनसम्म लगाइन्छ। यद्यपि देशका केही पश्चिमी जिल्लामा भने दशैंको टीकाको दिन मात्र टीका लगाउने प्रचलन छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here